सुन–चाँदीको भाउ सामान्य बढ्यो

गत शुक्रबार तोलामा पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज आइतबार प्रतितोला एक सय रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।